केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित सङ्गठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी सङ्गठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेस हुने बताइएको छ।
बैठकमा प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ सङ्गठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ।
त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबिचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ।

