भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो। रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ। हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। हाल सम्म २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। कहा कति र कुन पेशामा लागेका व्यक्तिहरु सम्पर्कविहीन छन् ?
विदेशी नागरिक: ५१७ जना
जलविद्युत आयोजनाहरूबाट: ९३३ जना
नुवाकोटबाट ११५ जना
मकवानपुरबाट ६५ जना
रसुवाबाट ५६२ जना,
गैरआवासीय/विदेशमा बस्ने नेपाली नागरिक: १२७ जना
नेपाली सेनाका ४५ जना
सुरक्षाकर्मीहरू: नेपाल प्रहरीका २७ जना
सशस्त्र प्रहरी बलका १३ जना
अन्य निकाय: भन्सार कार्यालयका १५ जना,
अध्यागमन कार्यालयका ४ जना
लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

