ट्रम्प र मोदीबीच एकाएक किन भयो टेलिफोन वार्ता, के भयो कुराकानी ?

अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन बार्ता गरेका छन्। बार्ता सकारात्मक भएको बताइएको छ ।
मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि तथा अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे समीक्षा गरिएको बताएका छन् ।

उनले दुवै देशले आफ्नो व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप अघि बढाउन निरन्तर नजिकको सम्पर्कमा रहने सहमति जनाएको उल्लेख गरेका छन् । दुवै नेताले विश्वमा शान्ति र सुरक्षा प्रवर्द्धन गर्न भइरहेका प्रयासबारे समेत छलफल गरेका छन् ।

कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *