काठमाडौँ श्रावन ३०। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ । लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचना पाएपछि नेपाल प्रहरीको टोली प्रसाईंको निवास मै पुगेको हो ।
आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने भएको हुनाले उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरीले बताएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोगको सडकमा सुतेर धर्ना दिदै आएका छन् ।
आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि कोही नआएसम्म आन्दोलन स्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेट अगाडि सडकमा रात बिताएका थिए ।

