भोलि उपत्यकाका कुन कुन ठाउँबाट एलपी ग्यास बिक्री हुँदै छ ? (बिज्ञप्ति सहित)

मुख्य समाचार अर्थतन्त्र

३० साउन, काठमाडौं । भोलि आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ ।

आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ । ग्यास नभएर खाना पकाउन गाह्रो भएको, जेष्ठ नागरिकका साथैं अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ ।

ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । सूचनामा ती स्थानमा उपलब्ध हुने ग्यास कम्पनीको नाम पनि उल्लेख छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *