काठमाडौं ३१ साउन सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा संघिय राजधानीमा आयोजित कार्यक्रम मधेस : अबको बाटो बिषयको अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा पूर्ब न्यायाधीश गिरिश चन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार,अभियन्ता माजीद अन्सारी लगायत ४ दर्जन जेन जी पुस्ता देखि वरिष्ठ अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।
पूर्ब न्यायाधीस गिरिश चन्द्र लालले मधेसका पुराना नेताहरूको परिक्षण भैसको र नयाँ नेतृत्व आउन नसकेको कारण मधेस नेतृत्व बिहिनको अबस्थामा रहेको बताउनु भयो। त्यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले संविधान संशोधन भयो भने मधेसले पाएको पनि गुमाउने निश्चित रहेको बताउनु भयो। उनले मधेसको राजनीतिलाई सचेततापूर्वक अगाडि नबढाए उपलब्धिहरू धरापमा पर्ने भन्दै मधेसकेन्द्रित राजनीतिक दलहरूले आफूमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी अधिवक्ताहरुले राज्यले मधेसलाई मधेसी, मुस्लिम र थारुमा बिभाजन गर्न लागेका बताएका थिए । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान नेपालले साप्ताहिक रुपमा विभिन्न समुहसंग ‘मधेस: अबको बाटो’ कार्यक्रम गर्दै आएको छ । काठमाडौको सुबिधानगर स्थित इम्पेरियल हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रम
सहिद संजय चौधरीका बहिनि तथा प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको थियो भने अभियन्ताहरु विकी यादव, संजय यादव, अनिल महासेठ, संतोष मेहता सिंतांसु सिंह लगायको उपस्थिति रहेको थियो ।

