बारापछि सप्तरीमा एक बालिका मृत अवस्थामा फेला, यस्तो छ स्थानीयको भनाइ

प्रदेश समाचार

७ भदौ, सप्तरी । सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३

का इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन् । उनि आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो। अहिले घटना स्थलमा स्थानीयहरूको बाक्लो भिड लागेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए। बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले उनले बताए । केहि स्थानिय बासीले बच्चा माथिको बर्बर दमन र अपहरण तथा हत्याले आफूहरु स्तब्ध भएको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *