काठमाडौँ। नेपाल आयल निगमले शनिबार काठमाडौँका विभिन्न ५ स्थानबाट ग्याँस बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबार ग्यास उद्योगीहरू मार्फत तोकिएका स्थानहरूमा विभिन्न ब्रान्डका ग्याँस सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ।
यसमध्ये निगमको टेकु परिसरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट/सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, सिद्धार्थ ग्यास, श्री ग्यास र हिमाल ग्यास वितरण हुनेछ । त्यस्तै यातायात कार्यालय परिसर चावहिलबाट नेपाल ग्यास र एचपी ग्यास वितरण हुनेछ । राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट/सुगम ग्यास, श्रीमाया ग्यास, श्रीकृष्ण ग्यास, साइवावा ग्यास र ओम ग्यास वितरण गरिनेछ । बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल राधास्वामी, एचपी राधास्वामी, एभरेष्ट/सुगम राधास्वामी, भानु ग्यास र ओम ग्यास बिक्री हुनेछ ।
पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट/सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, हिमाल ग्यास, एसटीसी ग्यास, लोकप्रिय ग्यास र सूर्य ग्यास बिक्री हुनेछ । ग्यास खरिद गर्न अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। त्यसैगरी वितरण कार्य शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानहरूमा सञ्चालन हुनेछ।

