मुख्यमन्त्री सिंह एक्सनमा, अवैध असुली बुझ्न आफै सडकमा, ३ जना रंगे हात पक्राउ

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किनुभएको हो। ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट […]

Continue Reading

अमरेशको अभिव्यक्ति मर्यादित थिएन र ? किन सभामुखले हटाउन भने ?

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सांसद सिंहले पाँच-सात वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ भनेपछि संसदमा कति ठूलो कुरा गरे जस्तो सांसद देखि सभामुखसम्म खुलेरै बिरोध जनाएका थिए । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न […]

Continue Reading

मधेश प्रदेशका मुख्यमन्त्री सिंह पाताल लोकमा, पाताललाई जनकपुरसंग जोड्ने भनाइ

चितवन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन्।आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा […]

Continue Reading

राष्ट्र बैंकले निर्धारण गर्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर एकको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

Continue Reading

रेशमले गरे डरलाग्दो खुलाशा, भने “थुप्रै थारु चेलीबेटीको चिर हरन भयो”, अरु के के भने ?

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको आरोप लगाएका छन् । संरक्षक चौधरीले ‘आफुलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको आरोप समेत लगाउनु भयो । त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ […]

Continue Reading

बेवारिसे, मानसिक, विपन्नलाई उद्धार गर्ने आश्रम प्रति मुख्यमन्त्री सिंहले गरे यस्तो घोषणा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै संस्थाले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवा मार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्। शनिबार जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको टोलीसहित […]

Continue Reading

श्रममन्त्री भण्डारीको खुलाशा : रोजगारीमा जाने नेपालीहरू मृत्यु र ऋणको शिकार हुँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा तीन प्रकारका गम्भीर संकटहरू—मृत्यु, ऋण र डिजिटल ठगीको शिकार भइरहेको बताएका छन ।शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार विभागले आयोजना गरेको “वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम” मा बोल्दै मन्त्री भण्डारीले यी गम्भीर समस्या […]

Continue Reading

रास्वपाले समेत किन भन्न थाल्यो ‘लुटतन्त्रको खारेजी गर” यस्तो छ कारण !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको बताएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश […]

Continue Reading

किन भयो वृहत्तर जनकपुर परिषदका तत्कालिन निर्देशक ठाकुरविरुद्ध मुद्दा दायर, यस्तो छ कारण !

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउदै अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, […]

Continue Reading

सुनचाँदी व्यवसायीलाइ गलायो केपी सरकारले, माग थाती राख्दै खोले पसल

काठमाडौँ । अन्ततः केपी ओली सरकार संग गलेर माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल […]

Continue Reading