जन्मकैदको सजाय पाएका रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर

मुख्य समाचार राजनीति

२ जेठ, २०८० मा सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनामा मुछिएका रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद हुने भनी उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसला लगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीलाई तत्कालिन सरकारले माफी मिनाहाको बाटोबाट कैदमुक्त गरेको थियो ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ । र आज त्यहि सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफीमिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो ।

माफीमिनाहा विरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन खारेज भएको हो । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *