२५ फागुन, काठमाडौं । विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइ छिपाइ वाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो र काठमाडौं महानगरपालिका–१० घर भएका ३२ वर्षीय सनिमराज ढकाल रहेका छन् । फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेका वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका सनिमराजको साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद…

२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ । नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् । अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा…

२५ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषदको २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा सफाइ पेस गर्न २२ फागुनमा पत्रमार्फत जानकारी हुन आएको भन्दै आफूमाथि लागेका आरोप सम्बन्धमा आइतबार ऊर्जा मन्त्रालयलाई सफाइ पेस गरेका हुन् । ५ माघ २०७८ मा प्राधिकरणसँग भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ र २०७९/८० मा ९८.९४ अंक प्राप्त भएको र २०८०/८१ मा ९८.९९ अंक प्राप्त हुने वस्तुगत अवस्था सहति मूल्यांकन प्रयोजनार्थ पेस भएको घिसिङले सफाइ दिएका छन् । सम्झौतापत्र अनुसार मूल्यांकन गरिँदा ५० प्रतिशत अंक प्राप्त…

५ फागुन, काठमाडौं । वीर अस्पतालको निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तीन जनाको नाम सिफारिस गरेका हुन् । स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार डा. दिलीप शर्मालाई निर्देशकको जिम्मेवारी दिइने लगभग टुंगो लागिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । प्रधानमन्त्री ओलीले डा. शर्मालाई नियुक्त गर्न…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो । काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, -प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा…

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन्। आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले भने, “ हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानमा क्रियाशील छौँ। अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति सक्रिय छ। हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी…

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्यालीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको हो । जसका कारण सर्वसाधारणहरू हिँडेरै गन्तव्यतर्फ जन बाध्य भएका छन् । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरे। विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए ।