10
Mar
५ फागुन, काठमाडौं । वीर अस्पतालको निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तीन जनाको नाम सिफारिस गरेका हुन् । स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार डा. दिलीप शर्मालाई निर्देशकको जिम्मेवारी दिइने लगभग टुंगो लागिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । प्रधानमन्त्री ओलीले डा. शर्मालाई नियुक्त गर्न…