गृहमन्त्रीको राजीनामा बटम लाइन भएको रास्वपाको निर्णय, सदनमा प्रतिरोध कायमै

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । बिहीबार बसेको सचिवालय बैठकले छानबिन समिति र गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने निर्णय गरेको छ । संसदमा भइरहेको प्रतिरोध कायम राख्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ ।

रास्वपाले जारि गरेको विज्ञप्तिमा भनिएको छ -“संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा कलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार हो । कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन् देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ । संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।”

49Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *