बाचुन्जेल मै अध्यक्ष हुन्छु भन्नेलाइ देउवाले दिए जोडदार झापड, प्रचण्ड उपेन्द्र सबै लज्जित

मुख्य समाचार राजनीति

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अवकाश लिने बताउनु भएको छ । सार्वजनिक रूपमा भाषण गरेका देउवाले नयाँ नेतृत्वको लागि बाटो समेत खुला गरिदिएका छन् । गत १३ असारमा चितवनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले रिटायर्ड हुन लागेको बताएका हुन् ।

उहाँले भन्नु भयो- “म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ । देउवाको भाषणलाई राजनीतिक वृत्तमा चासोका साथ लिइएको छ । गत ३१ जेठमा देउवा ७९ वर्ष पुगे । बढ्दो उमेर र पार्टी विधानको व्यवस्थालाई आधार मानेर देउवाको राजनीतिक अवकाशलाई स्वाभाविक प्रक्रिया भन्नु पर्दछ। देउवालाई तेस्रो पटक नेतृत्वमा रहन मुलुकको कानूनले रोक्दैन । संविधान र निर्वाचन कानूनले कुनै व्यक्ति कति समय पार्टी नेतृत्वमा रहन सक्छन् भन्ने विषय किटान गरेको छैन । निर्वाचन कानूनले पाँच वर्षभित्र महाधिवेशनबाट नेतृत्व अनुमोदन हुनुपर्ने व्यवस्था मात्र गरेको छ ।

देउवाले चाहेको भए प्रधानमन्त्री केपी शर्मा ओली जस्तै नेतृत्वमा रहनका लागि पार्टीको विधान संशोधन गर्न पनि सक्थे । पार्टीभित्र ८० प्रतिशत बढी होल्ड देउवाको छ, यसले गर्दा विधान संशोधन हुन सक्थ्यो । तर त्यसतर्फ देउवाको रुचि देखिएन । ओलीले बाँचुञ्जेल अध्यक्ष रहने गरी पार्टी विधान संशोधन गर्ने प्रयास गरिरहेका छन् । ओलीले गरेको यस्तो मरिहत्ते देउवाले पनि गर्न सक्थे । त्यसतै नेकपा माओबादीका अध्यक्ष प्रचण्ड र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बिगत ३० बर्षदेखी पार्टीका अध्यक्ष छन् तर छोड्न चाहदैनन् । यिनीहरुलाई समेत देउवाले जोडदार झापड दिएकै हुन।

1Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *