१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।
संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति च्यातेका हुन् । उहाँले भन्नु भयो – “अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’
विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको उहाँले बताउनु भयो । साहले भन्नु भयो -‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई) रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन, नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर आग्रह गर्न चाहन्छु । निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट साह हिडी सक्नु भएको छ।