१४ असार, काठमाडौं । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई आरोपै आरोप लगाएर बोलेका छन् ।
ओलीले भण्डारीको व्यक्तिगत प्रसंग निकालेका थिए । व्यक्तिगत प्रसंगमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको पोको नै ओलीले खोलेका थिए । मदन भण्डारीलाई लागेको आरोप भन्दै ओली चारवटी श्रीमती र सहकारी ठगजस्ता आरोपको प्रसंग निकाले । चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्बाच्य बोलिए,’ ओलीले भनेका थिए, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’
मदन भण्डारीमाथि झुटा लाञ्छनाको श्रृङ्खला नै चलेको पनि ओलीले सम्झिए । मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरे । ओलीको भनाइ अनुसार मदन भण्डारी महासचिव बन्न मानिरहेका थिएनन्, बनाइएका थिए ।