महाकाली सन्धि सही थियो, अब कार्यान्वयन पनि गरेर देखाउछु – प्रधानमन्त्री ओली

मुख्य समाचार राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् । मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो -महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ ।

सम्झौता अनुसार बिजुलीको पैसा, पानी लिँदैछौँ, लिन्छौँ । चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ ।

54Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *