विद्याको सक्रियताले ओली तनाबमा ? १४ गते राजनीतिमा फर्कन यस्तो छ तयारी !

मुख्य समाचार राजनीति

१२ असार, काठमाडौं । आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन खोजिरहेको कुरा उठाएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’ ओलीले भने, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन । आउन सक्नु हुन्छ ।’ यो कुरा पार्टीको कुनै पनि पदाधिकारी अगाडीमा आउना साथ् ओली आज भोलि सुनाउने गरेका छन् । त्यति भएर ओली एक कार्यक्रममा आफूले अहिले नेतृत्व छाड्ने बेला नआएको सुनाएका थिए। त्यस पछि नेतृत्व छाड्न र त्यस बिषयमा कुराकानी गर्ने आँट कुनै नेताले गरेका छैनन्। सबैलाइ थाहा छ यहाँ बढि ओल्यो भने भिम रावल भइन्छ । पूर्वराष्ट्रपति एमालेको राजनीतिमा आउनु हुन्न, मैले नै अर्को कार्यकाल पनि चलाउँछु भन्ने अध्यक्षको मनसाय सबै नेताले बुझेकै छन् l अध्यक्ष पद मेरा नगैहालोस भनेर भित्रि डर वा त्रास यति छ कि अध्यक्ष ओलीले यो सचिवालय बैठकमा मात्र नभएर पार्टी नेताहरूसँगको हरेकजसो सम्वादमा पूर्वराष्ट्रपति भण्डारीको प्रसंग उठाउने गरेका छन् । ‘भेट्न आउने नेता–कार्यकर्ताहरूसँग अध्यक्षले पूर्वराष्ट्रपतिको कुरा नियमित जसो उठाउने गरेका छन् । तर पूर्वराष्ट्रपति भण्डारीको सक्रियता पनि बढिरहेको छ । एमाले नेताहरूको नेतृत्व गर्दै चीन भ्रमण गरे लगत्तै पूर्वराष्ट्रपति भण्डारीले कोशी प्रदेशको भ्रमण गरिन् । ओेलीकै गृहजिल्ला झापामा आयोजित एमालेकै पार्टी कार्यक्रममा प्रमुख अतिथि बनिन् ।

उनी निकट नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको गतिविधिलाई एमालेको नेतृत्वमा आउने अभ्यासका रुपमा प्रचार गरिरहेका छन् । यस्तैमा गत ३ असारमा पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् । पूर्वराष्ट्रति भण्डारीले बालुवाटार जानुलाई चासोपूर्ण रुपमा हेरिएको छ । यता १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्ती मनाउने कार्यक्रम आउदै छ । विद्याको सक्रियाताले अहिले देखि नै नेता देखि भात्री संगठनहरु को कता जाने अवस्थामा समेत पुगेका छन् । मदन भण्डारी जयन्तीकै अवसरमा पूर्वराष्ट्रपति भण्डारीले प्रष्ट सन्देश दिने तयारी छ । ‘त्यसैदिन उहाँले सक्रिय राजनीतिमा आउने घोषणा गर्न सक्ने अनुमान धेरैले गरेका छन् ।

1Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *