“मधेस” शब्दलाइ घृणा गर्ने मधेश सरकारले कर्णालीको गुण गाउदा लाज लाग्दैन- महासेठ

प्रदेश समाचार

राष्ट्रिय मुक्ति पार्टीका नेता अनिल महासेठले मधेस प्रदेशको सरकारलाई “मधेस” बाट डर लागिरहेको आरोप लगाउनु भएको छ । उहाँले यो आरोप सामजिक संजाल आफ्नो फेसबुक मार्फत लगानु भएको हो। उहाँले आफ्नो स्टेटसमा लेख्नु भएको छ -” निति कार्यक्रममा मधेस शव्द राखियन पछि बजेटमा आयो ! प्रथम राष्ट्रिय शिक्षा सम्मेलन रे ……प्रथम मधेस राष्ट्रिय शिक्षा सम्मेलन हुनु पर्ने होइन र ?” यति मात्र होइन उहाँले मुख्यमन्त्री सतिस कुमार सिंघ माथि समेत प्रस्न तेर्स्याउनु भएको छ। उहाँले लेख्नु भएको छ -“तपाईं त आन्दोलन बाटै आएको नेतृत्व हो नि! के मिलिरहेको छैन ,मिलाउनु पर्यो ! बाकी तपाईं को सहयात्री दल हरु को त मधेस शब्द सङ समय समयमा लभ मात्र पर्छ” l यति मात्र होइन उहाले मधेश प्रदेशलाइ जिर्ण अवस्थामा पुर्याएर अहिले सिंगो पार्टी (जनमत पार्टी ) कर्णाली प्रदेशले गरेको विकासको गुण गाउदा आफूलाई आश्चर्य लागेको समेत बताउनु भएको छ । उहाँले आफ्नो स्टेटसमा लेख्नु भएको छ -“के लेख्ने ,के भन्ने, मधेस प्रदेश सरकारको नेतृत्व गरेको पार्टी प्रमुखको स्वकारोक्ती पढ्नुस ! कसले जिम्मा लिने ? राजनीतिक , समाजिक नेतृत्वले अलिकति जिम्मेवारी को बोध हुनु पर्ला हैन र? सरकार को नेतृत्व र मुख्यमत्री भन्ने पद केही काम न भएकै हो त? संघीयता लाई पङु र असफल साबित गर्ने र गराउने प्रयासको कडीमा कहि यो पनि एउटा प्रयास ह हैन ? ( फेश बुक ले , what is in ur mind , भने जस्तै मेरो मन मा अहिले यहि प्रश्न आइ रहेको छ)”

यस्तो छ उहाँको स्टाटस

111Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *