जसपाले सरकारको समर्थन फिर्ता लिदै ? बाहिर नेताले जे भने पनि यस्तो छ भित्रि कुरा !

मुख्य समाचार राजनीति

सरोज “खिलाडी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको छ । आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय लिने अधिकार संसदीय दललाई दिएको छ । मंगलबार बसेको सत्तारुढ दलको बैठकमा पनि जसपा नेपालले आफ्नो सहभागिता जनाएको थिएन । बैठकले सरकारबाट समर्थन फिर्ता लिने अधिकार संसदीय दललाई दिएको छ । 

देशमा सुशासन कायम गर्ने, संविधान संशोधन गर्ने, विकास निर्माणका कामहरू अगाडि बढाउने प्रतिबद्धता गरेको, देशमा झन् बेथितिीहरू बढ्दै गएको, सरकारले यो एक वर्ष जनविरोधी कामहरू मात्र गरेकोजस्ता आरोप हरु जसपाका नेताहरुले लगाएका छन् ।

तर यर्थात मा त्यो कुरा बिल्कुलै होइन। खासमा जसपाले सरकारलाइ समर्थन गरे पनि सरकारमा जसपाको कुनै मन्त्री नै छैन। मन्त्रि भन्ने कुरा नपाएपछि उपेन्द्र बिच्किएको हो। उता मधेश प्रदेशमा मुख्यमन्त्री आफूले पाउने दाबी गरिरहेको जसपाले केहि दिन पछि फेरी हामीले नै मुख्य मन्त्रि पाउने दाबी गर्दै आएका थिर। तर कुर्दा कुर्दा मुख्यमन्त्री नपाएपछि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यति मात्र होइन भुमि सम्बन्धि अध्यादेश संसदमा पेश गर्नु अगाडी यिनै उपेन्द्रले देउवा निवास बुढानिलकण्ठमा गएर मधेशको मुख्य मन्त्रि दिए सघाउने कुरा गरेका थिए तर नपाए पछि अध्यादेश पास गर्न सघाएनन र प्रधानमन्त्री केपी शर्मा ओली झन् चिढिए । त्यसपछि अब केहि नलागे पछि जनतामा जान जसपाले सरकारको आलोचन गर्दै समर्थन फिर्ता लिन लागेको हो ।

तर यो कुरा पनि सत्य हो कि झन्डै दुइ तिहाइको सरकारले जस्तो काम गर्नु पर्थ्यो त्यस्तो कुनै काम गर्न सकेन ।

20Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *