काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सांसद सिंहले पाँच-सात वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ भनेपछि संसदमा कति ठूलो कुरा गरे जस्तो सांसद देखि सभामुखसम्म खुलेरै बिरोध जनाएका थिए ।
सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएको थियो। त्यसै सन्दर्भमा सांसद सिंहले बढी बजेट पाँच-सात वटा जिल्लामा दिइएकाले ती बाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए । अहिले कांग्रेस र एमाले बाहेक सबै पार्टीले बजेट आफू अनुकुल ल्याएको भन्दै बिरोध जनाईरहेका छन् ।
सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए ।
सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको मुख्य सचेतक बर्तौलाले बताए। सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिएका थिए ।