रास्वपाले समेत किन भन्न थाल्यो ‘लुटतन्त्रको खारेजी गर” यस्तो छ कारण !

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको बताएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् ।

पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । तर स्थापना दिवश का दिन समेत बिरोध गर्न बाध्य नेता कार्यकर्ताले यो गणतन्त्र भन्दा पनि लुटतन्त्र भएको बताएका थिए। ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेकाे छ । 

18Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *