किन भयो वृहत्तर जनकपुर परिषदका तत्कालिन निर्देशक ठाकुरविरुद्ध मुद्दा दायर, यस्तो छ कारण !

राजनीति प्रदेश समाचार

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउदै अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव अनि कार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरमाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको अनि गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।

अख्तियारले उनीहरुमाथि ५१ लाख ७१ हजार रुपैंया नोक्सान गरेको आरोप लगाएको छ ।

52Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *