पाल्पामा जीप सडकदेखि ३०० मिटर खस्यो तल, २ जनाको मृत्यु, चालक गम्भीर घाइते

मुख्य समाचार

पाल्पामा बोलेरो जीप दुर्घटना भएको छ । जिपले अण्डा बोकेको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् ।

दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् । सोमबार बेलुका पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।

ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको र रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी सुनिल मल्ले बताए ।
त्यसैगरी सवारी चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्काको अवस्था समेत गम्भीर रहेको छ ।
जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

6Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *