विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

२५ फागुन, काठमाडौं । विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइ छिपाइ वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो र काठमाडौं महानगरपालिका–१० घर भएका ३२ वर्षीय सनिमराज ढकाल रहेका छन् ।

फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेका वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका सनिमराजको साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

By sarojkhiladi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.