महिलाको हत्या गरी बागमतीमा फालियो शव, पाँच जना पक्राउ

काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। 

करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

उनले महिलाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको बताए। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो। 

By sarojkhiladi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.