नेपाली कांग्रेस मधेस संसदीय दलले सरकारका कामकारबाहीप्रति जनायो असन्तुष्टि

नेपाली कांग्रेस मधेस संसदीय दलले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ।

संसदीय दल नेतासमेत रहेका मधेस कांग्रेस सभापति कृष्ण यादवले आइतबार विज्ञप्ति निकालेर विकृत क्रियाकलापको साक्षी भएर सरकारमा बस्न बाध्य हुने छैनौं भन्ने उल्लेख गरेका हुन्।

मधेश सरकारको योजना खरिद बिक्री भइरहेकोबारे संकेत गर्दै सत्तारूढ कांग्रेसले यसमा चासो देखाएको हो।

मन्त्रीले नै योजना खरिद बिक्रीमा संलग्न रहेको समाचार बाहिरिएपछि कांग्रेसले आवश्यक चासो देखाएको प्रचार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए। कांग्रेसले योजना खरिदबिक्री जस्ता विकृत क्रियाकलापको साक्षी भएर बसिरहन बाध्य नहुने पनि बताएको छ। अहिले जनमत पार्टीको नेतृत्वमा मधेस सरकार छ।

By sarojkhiladi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.