नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक सोमबार बस्दै छ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलाइरहेको थियो। आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए। बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।