राजावादीको शक्ति प्रदर्शन, काठमाडौँको ट्राफिक अस्तव्यस्त

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्‍यालीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको हो । जसका कारण सर्वसाधारणहरू हिँडेरै गन्तव्यतर्फ जन बाध्य भएका छन् । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरे।

विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए ।

By sarojkhiladi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.