२ चोटि गृहमन्त्री भएको रविलाई बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो – सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् । लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आफ्ना सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका छन् ।

शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सभापति लामिछानेलाई राज्यले ५/७ वर्षदेखि नै लखेटिरहेको जिकिर गरे । एक जना व्यक्तिलाई राजयले पटकपटक लखेटिरहेको छ । विगत ५/७ वर्षदेखि देखिरहेका छौं । टिभी हुँदा कोठाबाटै समातेर ल्याए । चितवनले सशक्त विद्रोह गरिदियो । वर्षौं पहिला नै रविलाई चितवनले न्याय दिलायो,’ उनले भने ।

ढकालले भने, ‘अन्तिम इच्छा के छ भनेर सोधियो । रवि लामिछाने र पार्टीको अन्तिम इच्छा सुनाउन चाहन्छु । किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने इच्छा छ । दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने इच्छा छ । न्यायालयको प्रक्रिया र आदेशलाई मान्छु भनेर न्यायालयप्रति हार्दिकता देखाउँदा पनि साढे ७ बजे आदेश १० बजे पक्राउ गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँगै, बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो ढकालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.