सीडीओ र एसपीले जिल्ला चलाउने शासन राजाको तानाशाहीभन्दा कम छैन – सिके

काठमाडौँ । जनमत पार्टी डा.सीके राउतले संघीयता रक्षाको कुरा नउठेको बताएका छन् । गणतन्त्र रक्षाको कुरा उठे पनि संघीयता रक्षाको कुरा नउठेको अध्यक्ष राउतको भनाइ छ l उहाले यो भनाइ संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बताउनु भएको हो।

उहाले भन्नु भयो -“संघीयतालाई व्यवस्थित गर्ने, कार्यान्वयन गर्ने काम अझै भएको छैन । अहिले पनि सीडीओ र एसपीले जिल्ला चलाइरहेका हुनाले यो संघीयतामा पनि सिंहदरबारले प्रदेश र स्थानीय तह चलाइरहेको छ । अहिलेको शासन राजाको तानाशाहीभन्दा कम आफूलाई नलागेको र सिंहदरबारबाट एकल शासन गरेर देशलाई लुट्ने काम भइरहेकाले त्यसलाई रोक्न मोर्चा गठन गरिएको जानकारी दिनु भयो।

हामी यहाँसम्म कसैको आशीर्वादबाट होइन, ठुलो आन्दोलन र बलिदानीबाट यहाँसम्म आइपुगेका हौँ, त्यसैले मोर्चा आफ्ना कार्यक्रम लिएर संघर्षमा आउँछ। उहाले भन्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.