काठमाडौँ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।
सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन। सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।