७ चैत, काठमाडौं । काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका लागि आफूलाई फोन नगर्न नेता तथा कार्यकर्ता आग्रह गरेका छन् । मधेस प्रदेशमा योजनाको पत्रलाई लिएर भइरहेको विवाद तथा झैझगडाबारे उल्लेख अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका विषयमा आफूलाई फोन नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘हजारौँ योजना छन्, कुन पत्र कहाँ छन्, कसले पाए, कसले पाउनु पर्ने कुन योजना कसले राख्यो यो पार्टीले वा पार्टीको अध्यक्षले हिसाब राख्ने कुरा होइन ।’ अध्यक्ष राउतले ‘जनमत पार्टीका असल कार्यकर्ताहरू बदनाम हुने योजनाहरूमा फस्न नहुने’ समेत बताएका छन् । पार्टीको निर्देशन, एजेन्डा र भिजन अनुसार केही काम नहुने अवस्था आएमा सरकारबाट हट्न विश्वासको मत फिर्ता लिने निर्णय गर्न सकिने अवस्था रहेको भन्दै अध्यक्ष राउतले मधेस सरकार वा त्यसमा रहेका जनमत पार्टीका मन्त्रीहरूको गतिविधिका बारेमा पार्टीका अध्यक्ष वा अन्य संयन्त्रहरूलाई पटक पटक फोन गर्न नहुने समेत बताएका छन् ।
विकास निर्माणका साथै सरुवा बढुवाका लागि फोन नगर्नु – अध्यक्ष राउत
