काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीबाट मन्त्री बनेकालाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ । लोसपा नेपालको सचिवालयको बैठकले सो निर्देशन दिएको हो । लोसपा नेपालबाट सङ्घ तथा मधेश प्रदेश सरकारमा मन्त्रीहरू सहभागी छन् ।
प्रदेशदेखि केन्द्रसम्मको सरकारको आलोचना भइरहेको बेला लोसपा नेपालले मन्त्रि हरुलाई सो निर्देशन दिएको हो। संघ देखि मधेश प्रदेश सम्म सहभागी कुनै पनि मन्त्रीले काम गर्न सकेको छैन। मधेस प्रदेशमै सरकारको निकै आलोचना भइरहेको छ, पार्टीका नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि जनाएपछि असन्तुष्टिलाई सम्बोधन हुने गरी कार्य गर्न पार्टीले मन्त्रीहरु लाइ जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएको हो।
स्रोतका अनुशार लोसपामा अहिले निर्देशन दिए पनि अब उप्रान्त राम्रो काम नगर्ने मन्त्रिलाइ फिर्ता बोलाउने समेत बहस चलेको छ ।