राम्रो गर्नेलाइ कोपरने, चिथोर्ने भ्रष्टाचारी ऊर्जामन्त्री खड्कालाइ तत्काल बर्खास्त गर- प्रचण्ड

९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाले यस्तो आरोप लगाउनु भएको हो । उहाले भन्नुभयो मन्त्रीका अनुहारहरू हेनुैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’

अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको बताउनु भएको छ । ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ,’ प्रचण्डले भन्नु भयो। ।

उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुुनुपर्ने पनि बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.