काठमाडौँ । राजाबादी प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भइरहँदा राजावादी आन्दोलनका नेतृत्व गर्ने नेताहरु सुटुक्क आन्दोलनको मैदानका छाडेर भागेका थिए । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु त्यहाबाट भागेका हुन् । राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि राजावादी नेताहरू सभास्थलबाट भागेका छन् । सभामा पुगेका रवीन्द्र मिश्र तीनकुनेबाट भागेका छन् ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीले शुक्रबार दिउँसो काठमाडौंको तीनकुनेमा सभा आयोजना गरेका थिए । त्यो कार्यक्रम सभा नहुँदै तितरबितर भयो ।
प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहित विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए । उनीहरुले सम्बोधन गर्ने कार्यक्रम भएपनि एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो र नेताहरु प्रदर्शनकारीलाइ त्यहि छाडेर भागेका थिए । स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी आन्दोलनको नेतृत्व गर्ने नेताहरुले मैदान छाडेर भागे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुग्यो । सोही कारण प्रदर्शन हिंसात्मक बन्न पुग्यो र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाउनुपरेको छ ।
आन्दोलनको बिचमा नेताहरु भागे पछि कता गए, किन गए र के का लागि गए खुलाएका छैनन् ।