तीनकुनेमा गरिएको राजाबादी आन्दोलनका कमान्डरका कमाण्डर दुर्गा प्रसाईँ यतिबेला फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए ।
प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर फरार भएका थिए l उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । प्रहरीका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको हुन् l
कमान्डर दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।