मुकेश चौरसियालाई सहिद घोषणा गराउन पहल गर्छु – पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् । आज जनतासँग माओवादी तराई–मधेस जागरण अभियान गर्दै वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विरोध सभामा आउन पर्सा बासि लाइ अपिल गरेका हुन् ।

उहाले भन्नु भयो -“केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्यामा उपस्थित भएर दबाब दिन आवश्यक भएको छ ।” गणतन्त्र नै धराप मा परेको हुनाले खबरदारी गर्ने उद्देश्यले चैत्र १५ गते काठमाडौँमा अलि ठुलै सङ्ख्यामा जनप्रदर्शन गर्ने योजना छ । तपाईं हामी सबैको साझा लडाइँ हो । प्रचण्डको भनाइ थियो
। उहाले भन्नु भयो -“सरकारको गलत क्रियाकलापको कारणले राम्रो गर्नेलाई दण्डित गर्ने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने उल्टो बाटोमा हिँडेको छ, अलि बढी नै सजग गराउनुपर्ने छ । त्यसकारण ठुलो सङ्ख्यामा उपस्थित हुन अपिल गर्न चाहन्छु ।

जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दछु ।’ विरोध सभामा उनले मुकेश चौरसियालाई सहिद घोषणा गराउन सरकारसँग पहलकदमी अगाडि बढाउने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.