२० चैत, काठमाडौं । मधेश केन्द्रित दलहरू सात दलमार्फत ‘संघीय लोकतान्त्रिक मधेशी मोर्चा’ घोषणा गर्न बिहीबारका लागि कार्यक्रम तय गरिएको छ । बिहीबार ३ बजे घोषणा गर्न लागिएको हो । मोर्चामा अशोक राईले नेतृत्व गरेको जसपा र जनमत पार्टी सहभागी नहुने भएको छ ।
मोर्चाको नेतृत्व संसदमा भएको शक्तिको आधारमा हुनुपर्ने माग सहित जसपा र जनमत पार्टीले जुङ्गाको लडाइ सुरु गरेका छन्। संसदमा दुवै पार्टीको सिट संख्या बढी रहेको हुनाले दुवै पार्टीले म ठूलो कि त ठूलो भन्दै मोर्चामा सहभागी नहुने भदै उफ्रेका छन् । मोर्चाको नेतृत्वमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघि सारिएको छ । सात दलमा रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मोर्चाको घोषणा सभाप्रति असन्तुष्टि जनाएको छ l
उपेन्द्रले नेतृत्व गरेको जसपा नेपालभन्दा संसद्मा जसपा र जनमतको सांसद संख्या बढी रहेका नेतृत्वप्रति उनीहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा जसपाको ७, जनमतको ६ र जसपा नेपालका ५ सांसद छन् । मधेश केन्द्रित दलहरूको मोर्चामा तेस्रो स्थानमा रहेको जसपा नेपालबाट नेतृत्व लिने भएपछि किचलो उत्पन्न भएको हो । हृदयश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशीलका नेता शिवजी यादवले जसपालाई आमन्त्रण गरिएको तर शर्त राखेकाले सहभागी हुने अवस्था नरहेको उनले सुनाए ।
मोर्चाको आडमा उपेन्द्र यादवलाई मूल नेता स्विकार गर्न नसकिने अर्को दल जनमतको भनाइ छ । जसपा कार्यक्रममा सहभागी नहुने भएपछि सात दलमा सबैभन्दा ठूलो दलको स्थानमा जनमत हुन्छ । आठ दलमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन् ।
स्मरण रहोस एक अर्काको अस्तित्व स्विकार्न नसकेरै मधेशी दलहरु फुट्दा फुट्दै टुक्रा टुक्रामा विभाजित भएका छन् । जुन शक्ति मधेशी जनाधिकार फोरम र जुन शक्ति सबै पार्टी मिलेर बनेको जसपा नेपाल बनेका थिए त्यति बेलाको भ्यालु अहिलेको कुनै दलले पाएका छैन। तै पनि म ठूलो कि त भन्दै ५-७ जना सांसद देखाएर घमण्डका साथ लाज पचाएर मधेशी दलहरु हिड्ने गरेका छन् ।