भाँडियो एकता ! फेरी किन पक्राउ परे रेशम चौधरी ? यस्तो छ कारण !

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो ।

सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर उनलाई डिल्लीबजार कारागार लगेको हो । पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरिएको काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । सर्वोच्च अदालतले टिकापुरमा भएको घटनामा चौधरीलाई कैदको फैसला सुनाएको थियो । उक्त फैसला कार्यान्वयनका लागि जेलमा रहेका बेलामा सरकारले आममाफी दिएपछि छुटेका थिए । छुटेपछि आएको फैसलाको पूर्णपाठमा उनलाई आममाफी दिन नमिल्ने लेखिएको थियो ।

त्यो फैसला कार्यान्वयन गर्न अदालतले पत्र पठाएपछि पक्राउ गरेर कार्यान्वयन गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर डिल्लीबजार जेल पठाएको बताए ।

अब दुइ पार्टी बिच कहिले एकता हुने भन्ने कुरा अन्यौल भएको छ। जनमतका अध्यक्ष राउतले अहिलेको लागि एकता भाँडिएको हुनाले नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् ।

Please follow and like us:
0
Tweet 20
Pin Share20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.