बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण सरकारप्रति जनता रुष्ट – उपेन्द्र यादव

१८ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यस दिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए । नेपाली कांग्रेस–कम्युनिस्टहरूको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको उनको भनाइ छ । सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ ।

यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए । आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? भन्दै उनले प्रश्न गरे ।

राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए । संविधानलाई संशोधन गरेर पुनर्लेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । यादवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.