प्रसाई हावा कमान्डर, ओली बयलगाडाले गणतन्त्रको रक्षा हुदैन भनेर बृहत् आमसभा गरे – प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् ।

बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो ।

हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,  प्रचन्डले भने l   प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै बयलगाडाले गणतन्त्रको रक्षा गर्न नसक्ने देखेर आफूहरूले चैत १५ गते बृहत् आमसभा राखेको दाबी गरे । गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले ।

बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन गर्‍यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.