प्रधानमन्त्री तथा मन्त्रीहरू फेल, आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

७ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आजपाको आज बसेको पदाधिकारी बैठकले ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त आग्रह गरेको हो ।अहिले को प्रधानमन्त्री र मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आजपाले निष्कर्ष निकालेको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैं जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ।’ वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.