प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेट्न जनता आतुर -प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भगौडा दलाल वर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धराशायी हुदै गएको बताएका छन् ।

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीको आज कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै साहले भने -नेपालमा लुटेर विदेशमा पैसा थुपार्ने, विदेश भाग्ने, नेपालको पुँजी विदेश लैजानेलाई प्रधानमन्त्रीले संरक्षण गरिरहेका छन् ।  काठमाडौँबाट कवाड व्यवसायी, सानादेखि ठुला व्यापारीलाई लखेट्ने काम हुँदै गर्दा ओली सरकार किन मौन बसेको भन्दै उनले प्रश्न समेत गरे । 

 सानादेखि ठुला व्यापारीहरूलाई लखेट्ने काम सरकारले नै गरिरहेको बताउँदै उनले अब सरकारलाई नै सिंहदरबारबाट लखेट्न जनता आतुर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.