काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू भागेको नभएर जोगिएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानव अधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको बताएका छन् ।
उनले भने – “म भाग्न जन्मेको होइन् नेपालमै कतै छु । तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरे ।
एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका छन् । उनले भने -म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ, म रहिन भने यो जनविद्रोह दबाएर जान्छ ।
किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’