नेपालमा मधेसी भिख माग्न बसेको होइन : सांसद डा.अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा. प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डा. सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्ति गरेकोमा आपत्ति जनाए ।  उनले मधेसी भएकै कारण योग्य व्यक्तिलाई पदमा नपुर्‍याइने गरेको बताए । उनले नेपालमा मधेसी भिख माग्न नबसेको भन्दै योग्यलाई नियुक्त नगरेर सरकारले गल्ती गरेको बताए ।  उनले पूर्वविशिष्टलाई सेवा दिन नहुने उनको भनाइ थियो । उनले स्वास्थ्य सचिवमा पनि मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नभएको र अहिले सिभिलमा पनि मधेसी भएकाले नियुक्त नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.