काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । दुवै पार्टीले गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी, एकीकरणका लागि सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् ।
कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् । अहिले पार्टी एकीकरणलाई अन्तिम रुप दिनका लागि आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्ने गरी संवादतथा छलफल भैरहेको छ ।
नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिन्ह यस अघि नै फाइनल भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ भने पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ रहेको हुनाले केहि समय लाग्न सक्छ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् ।
दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तीब्रता पाएको छ । पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ त्यसैगरि जे निर्णय आउछ दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछन ।