१० चैत, काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पार्टी एकीकरणका लागि सहमति नजिक पुगेका छन् । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक पुगेको जानकारी प्राप्त भएको छ ।
एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत हुने भएका छन् l त्यसैगरी सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ । पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरिएको छ l
एकीकृत पार्टीले नाउपाको ‘ढकिया’ लाई चुनाव चिह्न बनाउने गरी छलफल अगाडि बढाएका छन् ।