द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, सहन असमर्थ छौ, हातमा दहि जमाएर बस्दैनौ – राजावादी

४ चैत, काठमाडौं । राजावादीहरूले काठमाडौंमा भोलि (शुक्रबार) गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन् । तर, विज्ञानको नियम सम्झाउँदै उनीहरूले क्रिया भए प्रतिक्रिया पनि हुनसक्नेतर्फ सचेत गराएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, आमहडताल, ध्वंसात्मक हिंसा प्रतिहिंसा र गृहकलह धान्न वा सहन नसक्ने यथार्थ सम्झाएका छन् ।

विज्ञानको नियम अनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन् ।

आफूहरूको पहिलो प्राथमिकता राजसंस्था पुनस्र्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्ने रहेको बताए । संवैधानिक राजसंस्थाको पुनस्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन राजावादीहरूको मुख्य माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.