देशव्यापी भण्डाफोर अभियानकालागि यी हुन् आजपाका कमान्डर, को-को बने बिभाग प्रमुख ?

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ । अहिलेको गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पणी गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर दलीय गणतन्त्रको भण्डाफोर गरौँ! जन गणतन्त्रको दिशामा अघि बढौँ !!’ भन्ने मूल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको विषय आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भण्डाफोर अभियान सञ्चालनका लागि काठमाडौँमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेस प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ । पार्टीले सङ्गठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रवीन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ । बैठकले आन्दोलन र पार्टी सङ्गठनलाई जनस्तरमा पुर्याउन सङ्गठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्याङ्कनको आधारमा लुम्बिनी प्रदेशबाट डा उषमान अलि, शम्भु जयसवाल, भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनीत समेत गरेको छ ।

Please follow and like us:
0
Tweet 20
Pin Share20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.